फर्साटिकर भूपू सैनिक कपको क्वाटरफाइनलमा

प्रकाशित मिति:

बुटवल १३ बेलबास सालघारीमा जारी तेस्रो भूपू सैनिक कप नकआउट फुटबल प्रतियोगिता अन्तर्गत आइतबार भएको खेलमा फर्साटिकर युवा क्लब विजयी भएको छ । भूपू सैनिक जबई खेल मैदानमा सम्पन्न खेलमा फर्साटिकरले झरना स्पोर्टस् क्लब कुन्जलापुरलाई २–० गोलले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

खेलमा फर्साटिकरका अनुप गुरुङले पहिलो हाफको ३१ औं र दोस्रो हाफको २० औं मिनेटमा गरी २ गोल गरेका थिए । खेलमा अनुप नै म्यान अफ द म्याच घोषित भए । भूपू सैनिक जबई स्पोर्टिङ क्लब बुटवलको आयोजनामा संचालित प्रतियोगिता अन्तर्गत सोमबार गोर्खा ब्ब्वायज क्लब बुटवल दीपनगर र फूलबारी गाइज बुटवलका बीच खेल हुने क्लबका सहकोषाध्यक्ष प्रेम रानाले जानकारी दिए । बैसाख १ गतेसम्म चल्ने प्रतियोगितामा १० टिमको सहभागिता रहेको छ । विजेताले एकलाख ७५ हजार ५ सय ५५ र उपविजेताले एक लाख एक हजार एक सय ११ रुपैयां नगद प्राप्त गर्नेछन् ।