ललित पाण्डेय-सैनामैना-रुपन्देहीमा जारी सैनामैना प्रिमियर लिग क्रिकेट प्रतियोगितामा दुधराक्ष वारियर्स क्लब र सैनामैना नाईडराईस दोश्रो चरणमा प्रवेश गरेका छन । स्टार स्पोट्स क्लबको आयोजनामा लम्टियाको खेल मैदानमा जारी आजको पहिलो प्रतियोगितामा आर टि गु्रप झारबहिरालाई १० विकेटले हराउँदै दुधराक्ष वारियर्स क्लब दोश्रो चरणमा प्रवेश गरेको हो । टस जितेर पहिले ब्याटिङ्ग रोजेको झारबहिराले १५. ३ ओभरमा अलआउँट ७८ रनको लक्ष्य दुधराक्षलाई प्रस्तुत गरेको थियो ।
दुधराक्ष वारियर्सका बलर विवेक पन्थ , अमर खनाल , सुनिल पौडेल, रञ्जित श्रेष्ठ र अजय श्रेष्ठले २–२ विकेट लिए । दुधराक्ष वारियर्सले कुनै पनि विकेट नगुमाई ९ ओभरमा लक्ष्य प्राप्त गरेको थियो । जसमा मनिष खत्रीले ४६ र उदय पाण्डेयले २९ रनको नटआउँट पारी खेलेका थिए । आजको पहिलो खेलमा दुधराक्षका मनिष खत्री म्यान अफ द् म्याच घोषित भए । यस्तै गेम चेन्जर अम्बर खनाल र सिक्सेका अवर्डा मनिष खत्रीको पोल्टामा पर्न सफल भयो । त्यस्तै आज नै भएको दोश्रो खेलमा १० रनले द रिभाईबलियन क्लबलाई हराउँदै सैनामैना नाईडराईड्स दोश्रो चरणमा प्रवेश गरेको छ । सैनामैना नाईडराईड्सले १८ ओभर खेल्दै पुरै विकेटको क्षतीमा १०४ रनको लक्ष्य प्रस्तुत गरेको थियो । जसमा लक्षु पाईजा मगरले २५ रनको योगदान दिएका थिए । रिभाईबलियका बलर बिमल पन्थले ४ ओभर गर्दै ५ विकेट लिए ।
१०४ रनको लक्ष्य रिभाईबलियनले पछाउँदै सबै विकेटको क्षतीमा जम्मा ९३ रन मा समिति भयो । जसमा रिभाईबलियनका रिजन शाहीले २९ र प्रदिप सुवेदीले २३ रन जोडेका थिए । सैनामैनाका विष्णु सापकोटा र लक्षु पाईजा मगरले २–२ विकेट लिएका थिए । दोश्रो खेलको म्यान अफ् द म्याच रिभाईबलियनका बलर बिमल पन्थी भएका थिए । यस्तै मष्ट सिक्सेको अवार्ड पनि रिभाईबलियन कै रिजन शाहीले हात पारेका थिए भने गेम चेन्जरको अवार्ड लक्षु पाईजा मगरको पोल्टामा पर्यो ।भोली फाईन क्वालिफायरका लागि टप टिम सोरौंली स्टार र सुनगाभा च्याम्सका बिचमा बिहान ९ बजे खेल्दै छन । दिउँसो २ बजेको खेलमा सैनामैना नाईडराईडस र दुधराक्ष वारियर्सका बिचमा खेल हुने प्रतियोगिताका सिईयो कृष्ण भण्डारीले जानकारी दिए ।












