सबलपोस्ट/ गुल्मी – गुल्मीमा १० जना सवार जीप दुर्घटनामा मृत्यु हुनेको संख्या तीन पुगेको छ । मुसीकोट नगरपालिका–१ चिहानडाँडामा पूर्वसांसदसहित तीन जनाको मृत्यु भएको हो । दुर्घटनामा परी धुर्कोट गाउँपालिका वस्तु निवासी ७२ वर्षीय रुद्रमणि शर्मा भण्डारी, १३ वर्षीय ओसर विक र मालिका गाउँपालिका २ की २६ वर्षीया कौशिला थापा छिन् ।
भण्डारी २०४८ सालमा गुल्मी –३ मा नेपाली कांग्रेसबाट सांसद निर्वाचित भएका थिए । बिहीबार बिहान मालिका गाउँपालिकाको दर्लिङबाट बुटवलका लागि हिँडेको लु १ ज १९५७ नम्बरको जिप सडकदेखि १०० मिटर तल खसेको हो ।












