गुल्मी – नेपाली काँग्रेस गुल्मीका नेता तथा पूर्व सांसद रुद्रमणी भण्डारीको मृत्यु भएको छ । मुसिकोट नगरपालिका १ पौदीको रङगनमा लु १ ज १९५७ नम्बरको जीप दुर्घटना हुदा पूर्व सांसद रुद्रमणी भण्डारी सहित नेटाका ओसर विकको मृत्यु भएको छ ।
दुर्घटनामा परि ९ जना घाइते भएका छन । समाजबादी जिवनशैलीका नेता भण्डारी गुल्मेली जनताका पृय पात्र थिए । उनी २०४८ मा तत्कालिन क्षेत्र नम्बर ३ बाट नेपाली कांग्रेसको तर्फ बिजय भई स्थानिय स्तरमा २०५२ सालमा गुल्मीका विभिन्न स्थानमा मोटरबाटो रुपरेखा कोरेका थिए भने करिव ७ गा.वि.स.लाई पुग्ने गरि होलवाङ्ग वाङग्रा खानेपानी योजना समेत ल्याएका थिए । अहिले सम्म पनि साविकको क्षेत्र नम्बर ३ का ७ गाविसका जनताहरु उनैको पालामा आएको खानेपानी उपभोग गरिरहेका छन ।
पूर्व सांसद रुद्रमणी नेपाली काँग्रेसका मात्र पृय थिएनन । उनको सवै पार्टीमा आस्थावन नागरिकहरुको सम्मान गर्ने बानीका कारण आफ्नो पार्टीमा जर्तिकै अन्य पार्टीमा आस्थावान नागरिकहरुका पनि पृय थिए । उनको जिवनकालमा कसैलाइ पनि आक्षेप लाग्ने गरी बोलेनन जुन उनको पहिचान बनेको थियो । फरक राजनैतिक सस्कार बोकेका नेता कार्यक्रताहरुले पनि उनलाई रुचाएका थिए । भण्डारीको घट्ना स्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । उक्त जीप मालिका गाउपालिका बाट बुटवलका लागि छुटेको जानकारीमा आएको छ ।












