श्रावण १६ पाल्पा । पूर्वखोला गाउँपालिका वडा नंं ५ विरकोटमा बसले किच्दा एक जनाको मृत्यु भएको छ । बुधवार आज पाल्पाको रामपुरबाट तानसेन तर्फ आउदै गरेको लु १ ख ७१५० नम्वरको बसमा चढ्ने क्रममा रम्भा गाउँपालिका ५ ताहुँका ६२ वर्षीय दुर्गा गन्र्धवको ढोकाबाट खस्दा टायरले किचेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सुचना अधिकृत विनोद घिमिरेले जानकारी दिए । बसको टायर किचिएका ६२ बर्षिय गन्र्धवको उपचारको लागी लुम्बिनी मेडिकल कलेज प्रवासमा पुर्याएपनि चिकित्सकले मृत घोषण गरे । चालक र सवारी साधन प्रहरी नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको












