वेन्क्वेट प्रा.लि. को शुभारम्भ

प्रकाशित मिति:

तिलोत्तमा, २९ चैत । तिलोत्तमा नगरपालिका वडा नं. ५ मा छहारी क्लव हाउस एण्ड वेन्क्वेट प्रा.लि. को शुभारम्भ भएको छ । करीव १२ करोडको लाग्ने अनुमान गरिएको उक्त क्लवको हाल ७५ प्रतिशत काम पूर्ण भईसकेको संस्थाका कार्यकारी निर्देशक सुदन भण्डारीले वताए ।
हाल नयाँ वर्षको अवसर पारेर वेन्क्वेट हाताभित्र फुटसल, जिम फिटनेस, रेष्टुरेन्ट, वार पूर्ण रुपमा संचालनमा ल्याईएको छ भने १५ दिनभित्रमा स्वीमिङ्ग पुल समेत सञ्चालनमा आउनेछ । प्रा.लि.ले हल तथा लजिङ्ग सम्वन्धी कार्य संचालनका लागि भने करिव ६ महिना लाग्ने बताएको छ ।
राजधानी काठमाडौपछि नयाँ अवधारणामा तयार भएको बताएको यो क्लव हाउसले रुपन्देहीको पर्यटन व्यवसायलाई थप टेवा पु¥याउने यसका संचालकहरु बताउँछन् । क्लवको एक कार्यक्रमका बीच उदघाटन गरिएको थियो ।