काठमाडौं – नेपाल र पाकिस्तानबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६० औं वर्ष प्रवेश गरेको सन्दर्भमा पाकिस्तानमा नेपाली खाद्य महोत्सवको आयोजना गरिएको छ । राजधानी इस्लामावाद, आर्थिक नगर कराँची र सांस्कृतिक शहर लाहोरमा आयोजित महोत्सवमा नेपालको साङ्गीतिक समूह ‘कुटुम्ब’ले विविध साङ्गीतिक कार्यक्रम प्रस्तुत गरेको इस्लामावादस्थित नेपाली राजदूतावासले जनाएको छ ।
गत बिहीवार सम्पन्न ९ दिवसीय महोत्सवको पाकिस्तानका लागि नेपाली राजदूत सेवा लम्साल र पाकिस्तानका विदेशसचिव तेहेमिना जञ्जुले संयुक्त रुपमा उद्घाटन गरेका थिए । त्यस अवसरमा राजदूत लम्सालले २ देशबीचको जनस्तरको सम्बन्धलाई अझ सुदृढ तुल्याउन आफू क्रियाशील रहेको बताए । दूतावासका अनुसार पाकिस्तानका विदेशसचिव जञ्जुले पाकिस्तानको पर्यटन प्रवद्र्धनमा नेपालको अनुभव र सीप उपयोगी हुने विचार व्यक्त गरे -©लोकान्तर












