अमेरिकाको न्युयोर्क राज्यको क्विन्स कम्युनिटी बोर्ड सदस्यमा ज्ञानल थापा नियुक्त
काठमाडौं। संयुक्त राज्य अमेरिकाको न्युयोर्क राज्यको क्विन्स कम्युनिटी बोर्ड सदस्यमा ज्ञानल थापा नियुक्त भएका छन् । क्विन्सबोरो पे्रसिडेन्ट मेलिण्डा काजबाट नियुक्ति लिएका थापा यसअघि न्युयोर्ककै नेभरहुड एड्भाइजरी बोर्ड २ सदस्यमा नियुक्त भई उक्त बोर्डको सचिवको जिम्मेवारीमा पनि छन् ।सन् २०१३ मा तेस्रो पटकको अमेरिका आगमनपश्चात न्युर्योकमा सपरिवार बसोबास गर्दै आएका थापाले राजनीतिसंगै व्यवसाय, सामाजिक क्षेत्रलाई समान रुपमा अघि बढाइरहेका छन् ।‘
जब मैले १ बर्ष अघि अप्रिल २०१८ मा नेभरहुड एड्भाइजरी बोर्ड २ मा पाइला राख्न सफल भए त्यसपछि मेरो आत्मवल अझ मजबुत भयो फलस्वरुप यो विन्दुसम्मको यात्रा मापन गर्न सफल भए“ । आवेदन दिने हजारौबाट छानिनु सम्पूर्ण हाम्रो समुदायका लागि गौरवको विषय हो । अझ यो नियुक्तले त मेरो नेपालदेखिको राजनीतिक मोहलाई अझै जगाई दियो’, थापाले भने ।
उनी डेमोक्रेटिक पार्टीतर्फबाट क्विन्सबोरो प्रेसिडेन्ट र काउन्सिल म्यानलगायतस“ग पार्टीका कार्यक्रमहरुमा निकट भएर काम गरिरहेका छन् । नेपालको क्रियाशिल राजनीतिलाई यहा“ आएर पुनः सुरुवात गर्ने अवसरको रुपमा लिएका थापाले नेपाली समुदायको अमेरिकन हुनुमा गर्ब गदर्छन् । सो पदमा पुग्नका लागि बरोभित्र बसोबास गर्ने सिटी कर्मचारीबाहेक सबै योग्य व्यक्तिहरुले आवेदन दिन पाउ“छन् । आवेदन दिने हजारौबाट छानिएपछि प्रेसिडेन्ट र काउन्सील मेनस“गको अन्तर्वार्तामा आफू योग्य भएको विश्वास दिलाउन सक्नु पर्छ । यो पदमा पुग्नका लागि राजनीतिक र सामाजिक कार्यको अनुभव र छवि महत्वपूर्ण हुन्छ ।हजारौ नेपाली समुदाय बसोबास गर्ने न्युर्योक क्विन्स बरोमा हालसम्म नेपाली मुलबाट थापा सहित ५ जनामात्र यो पदमा पुग्न सफल भएका छन् ।












