सामान्यतया बाझोपन भएका महिलाहरुबाट सन्तान जन्मिदैनन् भन्ने मान्यता छ तर प्रजनन डाक्टरहरुले नयाँ चिकित्सकीय पद्धतीको प्रयोगबाट बाझोपन भएकी महिलाको गर्भबाट शिशुको जन्म गराएका छन्। तर यो समाचार नेपालको नभई ग्रिसको समाचार हो ।
नयाँ आइभिएफ पद्धतीअनुसार डाक्टरहरुले बच्चा जन्म गराउन तीन व्यक्तिहरुमा गरिएको गरे पश्चात सफल भएको हो।
यस पद्धतीअनुसार आमाको पेटमा उनकै डिम्ब, अर्की महिलाको डिम्ब र पिताको शुक्रकिट मिसाएका थिए।
यस प्रक्रियाले बाझोपन भएकी महिलाको पेटमा स्वस्थ्य बच्चाको विकास भएको बताइएको छ।
बच्चा जन्म दिएकी महिलाको स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ।
डाक्टरहरुले आफूहरुले बाझोपनबाट ग्रसित दम्पतीबाट बच्चा जन्म गराएर चिकित्सकीय इतिहास रचेको दाबी गरेका छन्।
यद्यपी वेलायतका चिकित्सकहरुले यस कार्य चिकित्सकीय धर्मभन्दा बाहिरको विषय भएको भनेर आलोचना गरेका छन्।
यो सफल प्रयास पछि २४ अन्य बाझोपनबाट पिडित महिला समेत यसै पद्धतीबाट ग्रिसमा आमा बन्ने तरखरमा छन्। वेलायतका चिकित्सकहरुले यस पद्धतीको विकास गरेको जनाइएको छ। एजेन्सी










