तनहु -नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री शंकर भण्डारीद्वारा नयाँ वर्ष २०७६ को सुखद उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्नु भएको छ।
पूर्वमन्त्री भण्डारीले आज शुभकामना सन्देश जारी गरी “नयाँ वर्षले हामी सबैमा नयाँ सोच, नयाँ समाधान, र थप जोश, जाँगर सिर्जना गरी मुलुकलाई शान्ति र समृद्धिको दिशामा अग्रसर गराओस् भन्ने कामना व्यक्त गरेका छन्।नयाँ वर्षले आम नेपाली जनताले अहिलेसम्म गरेका सङ्घर्षको परिणामस्वरुप प्राप्त संविधानको सफल कार्यान्वयन गर्ने दिशामा महत्वपूर्ण कोसेढुङ्गा सावित गर्ने जिम्मेवारी हामी सबैलाई दिएको नेता भण्डारीको भनाइ छ । दुइ तिहाइ सरकार जनताप्रति जिम्मेवार र समृद्ध राष्ट्र बनाउन लाग्न पनि आग्रह गर्नुभएको छ।
पूर्वमन्त्री भण्डारी सहित प्रदेश न।३ का विपक्षी नेता तथा पूर्व गृह राज्यमन्त्री ईन्द्रबहादुर बानियाँ, पूर्व सांसद तथा पार्टीका युवा नेता राजु थापा, युवा नेता तथा राष्ट्रिय खेलकुद परिषदका पूर्व कोषाध्यक्ष मिनकृण्ण महर्जन, नेविसंघका पूर्व महामन्त्री तथा महासमिति सदस्य आनन्द राज त्रिपाठी, तरूण दलका नेता तथा गत निर्वाचनमा समानुपातिक उम्मेदवार रहेका पुर्णबहादुर गुरूङले शुभकामना दिएका छन्।त्यसैगरी लमजुङ मध्यनेपाल नगरपालिका प्रमुख तथा पार्टीका महासमिति सदस्य रमेशकुमार पाण्डे, तरूण दलका पुर्व केन्द्रीय सदस्य युवा नेता तथा महासमिति सदस्य हरिबोल भण्डारी, जनसम्पर्क समिति कोरियाकि सभापति आस्थाबिन्दु मल्ल र दाङका महाधिवेशन प्रतिनिधि महेश श्रेष्ठले पनि नयाँ वर्षको शुभकामना व्यक्त गरेका छन्।












