लुक्ला र्दुघटनामा मृत्यू हुनेको संख्या तीन पुग्यो

प्रकाशित मिति:

लुक्ला विमानस्थलमा आइतबार बिहान भएको जहाज र्दुघटनामा ज्यान गुमाउनेको संख्या तीन पुगेको छ । आज बिहान उड्न लागेको जहाज चिप्लिएर हेलिकप्टरसँग ठोक्किएको थियो ।

बिहान साढे ९ बजेतिर विमानस्थलमा ल्याण्ड भएको मनाङ एयरको हेलिकप्टरलाई समिट एयरको जहाजले ठक्कर दिएको हो।

मृत्यु हुनेहरुमा समिट एयरका कोपाइलट सुजित ढुंगाना र विमानस्थलमा खटिएका पर्यटक प्रहरीका असई रामबहादुर खड्काको घटनास्थलमै मृत्यु भएको छ। दुर्घटनामा घाइते प्रहरीका असई रुद्रबहादुर श्रेष्ठको उपचारका लागि काठमाडौं ल्याएर उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

‘उड्न लागेको जहाज अनियन्त्रित भएर हेलिकप्टरमा ठोक्किएको भन्ने प्रारम्भिक जानकारी आएको छ,’ प्रजिअ रानाले बताए।

दुर्घटना परी तीन जना घाइते भएका छन्।

त्रिभुवन विमानस्थलका प्रमुख राजकुमार क्षेत्रीका अनुसार घाइते तीन जनालाई उपचारका लागि हेलिकप्टरबाट राजधानी ल्याइएको छ। उनीहरूको ग्रान्डी अस्पतालमा उपचारमा भइरहेको छ।