संसारभर डाउन भएको फेसबूक चल्न थाल्यो

प्रकाशित मिति:

काठमाडौं – संसारभर आइतबार दिउँसोदेखि खोल्न नसकिएको फेसबूकको समस्या अहिले समाधान भएको छ ।  करीब ३ घण्टा फेसबुक मोबाइल र कम्प्युटर कहीं कतैबाट पनि खोल्न सकिएको थिएन । बेलायतको संचारमाध्यम ुएक्सप्रेसुले फेसबूक नखुल्नुको प्रमुख कारणमा ‘अफलाइन सर्भर इस्यु’ भएको जनाएको छ ।

युरोप, अमेरिका र एसियाका कतिपय देशहरूबाट फेसबुक नचलेको गुनासो व्यापक रुपमा आएको थियो । यस्तो गुनासाहरू मान्छेले ट्विटर र अन्य सामाजिक सञ्जालमा पोस्ट गरेका थिए । फेसबूक मात्र नभएर फेसबूक म्यासेन्जरमा पनि समस्या देखिएको थियो ।