एजेन्सी / उत्तराखण्ड उत्तरप्रदेश तथा मिजोरमका पूर्व राज्यपाल अजीज कुरैशीले पुलवाको आतंकवादी आक्रमणमा नरेन्द्र मोदीको हात रहेको आरोप लगाएका छन् । उनले यस घटनाको जिम्मवार मोदी भएको र फेरी सत्तामा आउन यो घटना घटाइएको बताएकाछन् । काश्मिरको उक्त घटनामा ४२ सैनिक जवानको निधन भएको थियो । कुरैशीले भनेकाछन् पुलुवमा मोदीले आफै योजना बनाएर घटना घटाइएको छ ताकि फेरी आफु सत्तामा पुग्न सकियोस् । उनले थपेका छन् तर जनताले त्यो कुरा बुझेका छन् । उता पश्चिम बंंगालका मुख्यमन्त्री ममता बेनर्जीले पनि सत्ताधारी दललाई जवानको खुन माथि राजनीति गरेको आरोप लगाएकी छिन् । त्यस्तै अन्य धेरै नेताहरु पनि सरकार माथि यस्ता आरोप लगाउँदै आएकाछन् । जारी लोकसभाको चुनाव केन्द्रित यस्ता आरोपले चुनावी परिणाममा प्रभाव पार्ने आकंलन गरिएको छ ।