जापानमा ट्रकको ठक्कर बाट एक नेपालि महिलाको ज्यान गयो

प्रकाशित मिति:

जापान-जापानको नागोयामा एक नेपाली महिलाको गाडीको ठक्करबाट घटनास्थलमैं मृत्यु भएको छ ।सोमबार बिहान नागोयामा ममता मोक्तानको विपरित दिशाबाट आएको गाडीको ठक्करबाट मृत्यु भएको हो ।

मृत्यु ममता मोक्तान सैलुङ अनलाईन डट कमका पत्रकार राम तामाङ्का श्रीमती हुन । नेपालबाट एक महीना अघि मात्र बिबाहबन्धनमा बाँधिएका यी जोडी अप्रिल ४ मा बिहे गरेर जापान आएका थिए ।ओकिनावाबाट जापानी भाषा अध्ययन सकेर नागोंयामा होक्काईची कलेज अफ ईन्फरमेशन सेन्मोन गाक्को अध्ययन गर्दै आएकी ममताको कलेज जानेक्रममा साईकललाई गाडीलाई ठक्कर दिई दुर्घटना हुँदा घटनास्थलमै मृत्यु भएको थियो ।नेपालको नुवाकोट शिवपुरी गाउँपालिका घर भएका राम तामाङको श्रीमती ममता भने पर्सा जिल्लामा जन्मेकी हुन ।ममताको मृत्यु भएपछि नागोया प्रहरीले कस्को गल्ती हो भन्ने वारे अनुसन्धान गरिरहेको परिवारले जानकारी दिएको छ ।