होमस्टे भवन शिलन्यास

प्रकाशित मिति:

श्रीकृष्ण सिग्देल,स्याङ्जाअर्जुनचौपारी गाँउपालिका २ लामीडाँडामा सामुदायीक होमस्टे भवनको शिलन्यास गरिएको छ । भवनको गण्डकी प्रदेश सांसद मिनप्रसाद गुरुङ्ले शिलन्यास गरेका हुन् । उद्योग पर्यटन, वन तथा वातवरण मन्त्रालय गण्डकी प्रदेशको १० लाख र गाँउपालिकाको ३ लाख ५० हजार गरी १३ लाख ५० हजारमा निमार्ण हुने सामुदायीक भवन कला र संस्कृति सगँ जोडिएर बन्ने बताइएको छ ।

भवन शिलन्यास गर्दै गण्डकी सांसद गुरुङ्ले यो प्रदेश होमस्टेको खानी भएकाले लामीडाँडा होमस्टे फरक ढंगले संचालन गर्न सुझाव दिए । यो गाँउपालिकाको एक मात्र होमस्टेको प्रचार प्रसार सम्वद्र्धनमा पालिकाको महत्वपूर्ण भुमिका खेल्न पनि गुरुङ्ले आग्रह गरे । भवन शिलन्यासमा गाँउपालिका उपप्रमुख चिनमाया गुरुङ्ले होमस्टेले गाँउपालिकालाई चिनाउने काम गर्ने विश्वास व्यक्त गरिन् । होमस्टेलाई चाहिने सहयोग गाँउपालिकाले गर्ने प्रतिवद्धता व्यक्त गर्दै गुरुङ्ले भवन निमार्ण पछि सदुपयोग गर्न आग्रह गरिन् । लामीडाँडा होमस्टे संचालक समितिका अध्यक्ष लिलबहादुर गुरुङ्को अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको संचालन सचिव भविराज गुरुङ्ले र स्वागत अर्जुनचौपारी पर्यटन विकास समितिका अध्यक्ष बद्री पौडेलले गरेका थिए ।