अमेरिकी राजनितिज्ञ तथा अमेरिकी संसदका सदस्य पिटर थोमस किङ्ग र जीपी कोइराला फाउण्डेसन अमेरिकाका केन्द्रिय सदस्य बिनोद थापा बिच बिशेष भेट सम्पन्न भएको छ । रिपब्लिकन पार्टीका सदस्य समेत रहेका किङ्ग अमेरिकी कँग्रसमा बिगत १४ औं कार्यकालको रुपमा सन् १९९३ देखी छन् । सो सन्दर्भमा केन्द्रिय सदस्य थापाले प्रवासी नेपालीका अस्थाई संरक्षित अवस्थाका बारेमा जानकारी गराएका थिए । किङ्गले उक्त बिषयलाई गंभिरताका साथ लिँदै सम्बन्धित अधिकारी सम्म पुराउने बताएका छन् । बैठक लंग आइल्याण्ड न्युवर्क नेपाली समाजको आयोजनामा भएको थियो ।
फोटो ः महेश खड्का












