के पी भट्ट ,कनेटिकेट अमेरिका एनआरएन अमेरिका को २०१९ -२०२१ निवार्चन कार्यतालिका सार्वजनिक भय संगै उमेदवारहरु को मनोनयन प्रक्रिया सुरु भयको छ । लामो समय देखि अमेरिका को मेरिल्याड बाल्टिमोर मा बसोबास गर्दै आउनु भयका युवा व्यवसायी अनुप खनाल को आगामी कार्यकाल २०१९(२०२१ को लागी बोडअफ डायरेक्टर पदमा मनोनयन दर्ता गर्नु भयको छ ।
खनाल विगत १२ बर्ष देखि अमेरिकी नेपाली समाज मा विभिन्न संध संस्था मा सक्रियरुमा काम गर्दै आउनु भयको छ । बिधार्थी भिसा मा अमेरिका आऊनु भएका खनाल आफुले भोगेका विद्यमान समस्याहरु लाई समाधान गर्न को लागि आफु ले आगामी एनआरएन को निवाचन मा बोडअफ डायरेक्टर पदमा उमेदवारी दियको हामी लाई जानकारी दिनु भयो । आफु ले सो पदमा विजय भयमा नेपाल बाट बिधार्थी भिसा मा अमेरिका आउने बिधार्थी का समस्या र आम अमेरिका बसोबास गर्ने नेपाली को हक़ हितमा काम गर्ने प्रतिबद्धता व्यत गर्दै आम अमेरिका बासी आमा बुवा दाजु भाई दिदि बहिनी मा सहयोग को लागि आग्रह गर्नु भयो ।












