सन्दीप बने ‘स्टाइलिस प्लेयर अफ दि म्याच’

प्रकाशित मिति:

एजेन्सी – १२ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गए राति भएको खेलमा दिल्ली क्यापिटल्सले किंग्स इलावेन पन्जाबलाई ५ विकेटले पराजित गरेको छ । दिल्लीस्थित फिरोज साह कोट्ला क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पञ्जाबले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १६३ रन बनाएको थियो ।

१६४ रनको मध्यम लक्ष्य दिल्लीले खेल सकिन २ बल बाँकी छँदै ५ विकेटको क्षतिमा भेट्टायो । दिल्लीका लागि श्रेयस अयरले सर्वाधिक नटआउट ५८ रन बनाउँदा शिखर धवन ५६ रनमा पेभेलियन फर्के । त्यस्तै कोलिन इन्ग्रामले १९ रन जोड्दा पृथ्वी शले १३ रनको योगदान दिए । बलिङतर्फ पञ्जाबका लागि हार्डुस विलजोएनले दुई तथा मोहम्मद शामीले एक विकेट लिए । यसअघि पञ्जाबले २० ओभरमा ७ विकेट गुमाउँदै १६३ रन बनाएको थियो ।पञ्जाबका लागि क्रिस गेलले सर्वाधिक ६९ रन बनाउँदा मन्दिप सिंहले ३० रन जोडे । सन्दीप लामिछानेले पञ्जाबविरुद्ध पुरै ४ ओभर बलिङ गर्दै ३ विकेट लिए ।

सन्दीपले ४० रन खर्चिएर ३ विकेट लिएका हुन् । त्यस्तै कागिसो रबाडा र अक्षर पटेलले समान दुई-दुई विकेट लिए । यो दिल्ली क्यापिटल्सको छैंटो जीत हो । दिल्लीले १० खेलमा १२ अंक जोडेको छ । दिल्ली अंक तालिकाको तेस्रो स्थानमा रहेको छ । चौथो स्थानमा रहेको पञ्जाबको १० खेलबाट १० अंक जोडेको छ । सन्दीप बने ‘स्टाइलिस प्लेयर अफ दि म्याच’ पूरा ४ ओभर बलिङ गरेका सन्दीप रनको हिसाबको महंगो सावित भएपनि सफल भने रहे । ४० रन खर्चिँदै उनले आफ्नो बलमा तीन उत्कृष्ट ब्याट्म्यानलाई पेभेलियनको बाटो देखाए । त्यसक्रममा उनले पञ्जाबका क्रिस गेल, लोकेश राहुल र साम करणलाई आउट गरे । ‘स्टाइलिस प्लेयर अफ दि म्याच’ बनेका सन्दीपले एक लाख भारु पुरस्कार पाए ।