चापाकोट । स्याङ्जा चापाकोट नगर खेलकुद विकास समिति चापाकोट स्याङ्जाको आयोजनमा दोस्रो मेयर कप भलिबल तथा व्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । चापाकोट ८ दामाचौरमा सोमवार एक कार्यक्रमका विच प्रतियोगिता समापन गरिएको छ । चापाकोट नगरपालिकाका १० समूह सहभागी पुरुष भलिबल प्रतियोगितामा वडा नं ४ को समूह प्रथम, वडा नं २ को समुह द्वितीय, वडा नं १० को समूह तृतीय र वडा नं ६ को समुहले सान्त्वना स्थान हासिल गरेका छन् । पुरस्कार क्रमश नगद स् नगद ५१ हजार, ३१ हजार, २१ हजार र ११ हजार साथमा मेडल र प्रमाण पत्र प्रदान गरिएको छ ।सात समूहको सहभागिता रहेको महिला भलिबल प्रतियोगितामा वडा नं १० को समूह प्रथम, वडा नं ९ को समुह द्वितीय, वडा नं ४ को समुह तृतीय र वडा नं १ को समुहले सान्त्वना स्थान हासिल गरेका छन् । प्रथम पुरस्कार क्रमश स् नगद ५१ हजार, ३१ हजार, २१ हजार र ११ हजार साथमा मेडल र प्रमाण पत्र प्रदान गरिएको छ ।
यसैगरी २५ समूह सहभागी व्याडमिन्टन प्रतियोगितामा शंकर खाँण र भानु शाही रामपुर खेलकुद विकास समितिको समूह प्रथम, सन्तोष सेन र लक्ष्मण वि सि को समूह द्वितीय र सागर अर्याल र कृष्णबम मल्लको समूह तृतिय भएका छन् । पुरस्कार क्रमश स् नगद २० हजार, १२ हजार, ८ हजार साथमा मेडल र प्रमाण पत्र प्रदान गरिएको छ । चापाकोट नगर खेलकुद विकास समितिका अध्यक्ष निर्मल रानाको अध्यक्षतामा भएको समापन तथा पुरस्कार वितरण समारोहका प्रमुख अतिथि चापाकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहनकुमार श्रेष्ठ रहनुभएको हो । समितिका उपाध्यक्ष धिरज खाँणको स्वागतबाट सुरु भएको कार्यक्रममा चापाकोट नगरपालिका वडा नं १ का वडाध्यक्ष टिकाराम तिवारी, ४ का अध्यक्ष विक्रम सारु, ५ का अध्यक्ष ईन्द्रबहादुर शाही लगायतले आफ्ना भनाई राख्नु भएको थियोे । कार्यक्रमको संचालन समितिका सचिव प्रेम रेग्मीले गर्नुभएको थियो ।












