काठमाडौँ -प्रहरी किताबखाना, लैनचौरका एक कर्मचारी घुस लिँदालिँदै पक्राउ परेका छन् । पक्राउ पर्नेमा कार्यालयमा कम्प्युटर अपरेटरका रुपमा कार्यरत् नायब सुब्बा सुरज केसी छन् ।
उनले निवृत्तिभरणको अधिकार पत्र बनाउने प्रयोजनका लागि सेवाग्राहीबाट १० हजार रुपैयाँ घुस मागेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले बताए ।उनका अनुसार विशेष सुराकीको आधारमा गएको टोलीले घुस रकम लिँदैगर्दा उनकै कार्यकक्षबाट पक्राउ गरेको थियो । थप अनुसन्धान जारी रहेको उनले बताए ।












