पाल्पा-रामपुर नगरपालिका ४ स्थित इस्लामपुरमा जीपले ठक्कर दिदा एकजना ज्येष्ठ नागरिकको मृत्यु भएको छ ।मंगलबार बिहान ग२च ३०९४ नंम्बरको बोलेरो जीपले ठक्कर दिँदा इस्लामपुर बस्ने ७५ वर्षीया सकिना मियाँको मृत्यु भएको इलाका प्रहरी कार्यालय रामपुरले जानकारी दिएको छ ।
मियाँको उपचारको क्रममा रामपुर अस्पतालमा मृत्यु भएको हो । ठक्कर दिने चालक र गाडी प्रहरी नियन्त्रणमा छ । इस्लामपुरको मुख्य सडकबाट भित्री सडकमा जाने क्रममा मियाँलाई जीपले ठक्कर दिएको थियो ।












