भर्जिनिया कि महिला समाजसेवी सुनिता खत्रीले एनआरएनए अमेरिकाको महिला संयोजकमा सुनिता खत्रीको उम्मेदवारी दिएकी छिन् । मनोनयन पत्र भरि सामाजिक संजाल अनुहार किताव मार्फत सार्बजनिक गरेकी छिन ।
आफू १९९८ देखि भर्जिनियाको लिजबर्ग शहरमा बस्दै आएको जनाएकी छिन् । उनले मेरो नेपालमा पेशा पत्रकारिता र हिमालयन बैंकमा ५ बर्ष काम गरेर पढ्न बिद्यार्थी रुपमा अमेरिका आएको बताइन ।खत्री अमेरिकाको डिसी महानगर स्थित अनेसास डिसी शाखाको कार्यकारी समिति सदस्य तथा डिसी नेपाली समाजमा पनि आबद्ध रहेकी छिन् । आफ्नो के अनुभव छ भन्ने जिज्ञाशा हुने हुँदा आफू सामाजिक संजालमा कुराहरु राखी प्रचार प्रसार गर्ने वर्गमा आफू नपर्ने भएकोले आफूले एनआरएनका कमि कमजोरी र आफूले के गर्न सक्छु भन्ने उद्देस्यले एनआरएन अमेरिकाको महिला संयोजक पदमा आफ्नो उम्मेदवारी दिएको बताईन ।
उनि भन्छिन महिलाहरुका थुप्रै समस्याहरु छन् । राष्ट्रिय तथा अन्तरराष्ट्रिय स्तरमा उठान गर्नु पर्ने अनेक बिषय भएता पनि हाल मेरो प्राथमिकता भनेको महिलाहरुका मानसिक स्वास्थ्य रहेको बताईन । उनले मानसिक स्वास्थ्य सम्बन्धि बिषयमा कुरा उठान गर्ने बताईन । यसको साथै महिलाहरुका शिक्षा सम्बन्धि केहि योगदान गर्ने बताईन ।उनले महिलाहरु रोजगारीको लागि खाडी मुलुक जान्छन र त्यहाँ धेरैले दुख पाएका समाचार हामी सुन्छौ । उनीहरुलाई उद्धार गरेर ल्याउनु पर्छ । उनीहरुलाई त्यहा कमाउने आम्दानी भन्दा नेपाल मै बसेर कुटिर उद्ध्योग तथा आम्दानी हुने प्रकारका ब्यबसाय गर्न उनीहरुलाई शिक्षा दिने तथा तालिम दिनु पर्छ भन्ने आफ्नो मान्यता र योजना रहेको बताईन ।नेपाल मात्र हैन अन्य देशमा समेत महिला बेच बिखनको ठुलो समस्या रहकोले त्यसमा पनि काम गर्नु पर्ने अपरिहार्यता रहेको प्राथमिकता रहेको बताइन । एनआरएन अमेरिकाको महिला संयोजक पदमा आफ्नो उम्मेदवारी दिएकोले आफुलाई उक्त पदमा मतदान गर्न आग्रह समेत गरेकी छिन् ।












