हावाहुरी पीडितको घर बनाउने जिम्मा नेपाली सेनालाई !

प्रकाशित मिति:

काठमाण्डौ – सरकारले बारा र पर्सामा हावाहुरीले भत्काएका घर निर्माणको जिम्मा नेपाली सेनालाई दिएको छ । बर्खाअघि नै पीडितका घर निर्माणको जिम्मासहित नेपाली सेनालाई ८४ करोड ६८ लाख रुपैयाँ बजेट दिने निर्णय गरिएको सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले जानकारी दिनुभयो ।

वैशाख ५ र १० गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णयबारे जानकारी दिन भएको पत्रकार सम्मेलनमा उहाँले हावाहुरीबाट भत्किएका १४ सय ५३ वटा घर सेनाले नै बनाउने बताउनुभयो । सरकारले छुट्याएको रकम अनुसार सेनाले एउटा घर बराबर ५ लाख ८२ हजार ८ सय रुपैयाँ पाएको छ ।