पोखरा –विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी कास्कीले आज महान दस बर्षे जनयुद्धमा तत्कालीन शाही नेपाली सेनाद्धारा वेपत्ता पारिएका नेकपा माओबादी को भातृ संगठन अखिल क्रान्तिकारीका केन्द्रिय महासचिव पुर्ण पौडेल को स्मृति कार्यक्रम सम्पन्न गरेको छ ।
राज्य विरुद्ध बन्दुक उठाएको तत्कालीन नेकपा माओवादीको भातृ संगठन अखिल क्रान्तिकारीका केन्द्रीय महासचिव पूर्ण पौडेल २०५९ देखि बेपत्ता छन् । उनलाई ०५९ वैशाख १३ गते बेलुका काठमाण्डौंको कालिमाटीबाट सुरक्षाकर्मी पक्रेका थिए ।कार्यक्रममा वेपत्ता पुर्ण पौडेल कि आमा मोतिमायाले रुदै भनिन ,विप्लव उता जंगलमा गएरको थाहा पाए पछि मैले फोन गरेर सोधे बाबु तपाई कता हो भने उहाले भने आमा म एतै छु भने के गर्नु जानु भएको हो त अनि मैले भने एक्लो विरुवा त के गर्ने हो भन्ने मेरो मनमा लाग्यो तर आज एक्लो विरुवा भएपनि हाम्रो जंगल भएको छ ।
यी सोषशकहरु भ्रष्टचारीहरुले हाम्रो छोरा हरु मारे सबैलाई बेपत्ता पारे आज यिनले के गरे अरुको जुठो भात खानु गए बाबु तर एस्तो नहोस विप्लव बाबु तपाई ले खुट्टा नछोड्नुहोस मैले व्प्लिव लाई तेहि भनिराख्छु तर तपाईले खुट्टा नछोड्नुहोला बाबु तापाईकै भरोषा मा छन सबै जनताहरु मलाई सबैले के भन्छन विप्लवले के गर्ला र यत्रै यत्रै नेताहरुले त केहि गर्न सकेनन् मलाई सोधछन मत ठुलो नेता त होइन तर मलाई विस्वाश छ विप्लवले गर्न सक्छन बाबुले गर्नु हुन्छ ।बाबु कसै सँग तर्सिने डराउने होइन तर जोगिएर हिड्नुहोला । हाम्रो जँगल भैसक्यो तपाई हरुले नेपाली जनताको मुक्तीको बाटो नछोड्नुहोला भन्द् आमाले हामि सबैको आशा र भरोसा नेकपा विप्लव मा भएको ले हामि तपाईको साथमा छु भन्नु भएको छ ।कार्यक्रममा बोल्दै नेकपा कास्कीका सेक्रेटरी आक्रोशले आफ्नो पार्टी नेपाली जनताको आशा र भरोषाको केन्द्रबिन्दु भएको र आम नेपाली जनताको मुक्तिका लागि जस्तो सुकै कठिन परिस्थीती को सामना गर्न हाम्रो पार्टी तयार रहेका बताए ।बेपत्ता योद्धा पुर्ण पैडेल लगायत सहिद बेपत्ता का सपना साकार पार्ने र एकिकृत जनक्रान्तिको कार्यदिशा मार्फत जनताको समाजबादी व्यवस्था ल्याएरै छोड्ने प्रतिबद्धता गर्नु भयो । प्रतिबन्धको घेरा तोड्दै पार्टीले आफ्ना सवै कार्यक्रम सफल रहेको आक्रोशले बताए ।कार्यक्रममा पार्टीलगाएत जवस मोर्चा का सबै नेता कार्यकता को उपस्थिति रहेको थियो ।कार्यक्रमको सञ्चालन अखिल क्रान्तिकारी कास्कीका अध्यक्ष काजि गुरुङले गर्नु भएको थियो ।












