मुख्यमन्त्री शंकर पोखरेल र नेपालका लागि पाकिस्तानका महामहिम राजदूत मजहर जावेद विच भेटघाट
मुख्यमन्त्रीले सांस्कृतिक आदानप्रदान गरी सम्बन्धलाई अझ बलियो बनाउन सकिने बताउनुभयो
वुटवल । माननीय मुख्यमन्त्री शंकर पोखरेलसंग नेपालका लागि पाकिस्तानका महामहिम राजदूत मजहर जावेदले आज भेट गर्नुभयो ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भएको भेटमा राजदूत जावेदले लुम्बिनी बौद्धमार्गीका लागि मात्रै नभएर सबैको श्रद्धाको स्थल भएको बताउनुभयो । मुख्यमन्त्रीले लुम्बिनी सहित तराईका इलाका ऐतिहासिक सम्पदाले भरिपूर्ण रहेको चर्चा गर्नुभयो । राजदूत जावेदले दुई मुलुकको लामो कुटनीतिक सम्बन्धमा कुनै समस्या नआएको र सम्बन्ध मजवुत रहेको चर्चा गर्दै सांस्कृतिक आदानप्रदान गरी सम्बन्धलाई अझ बलियो बनाउनुपर्ने बताउनुभयो । मुख्यमन्त्रीले सांस्कृतिक आदानप्रदान गरी सम्बन्धलाई अझ बलियो बनाउन सकिने बताउनुभयो ।












