कौरब खत्री,बाग्लुङ्ग -दलित विपन्न विद्यार्थीका लागि अक्षयकोष स्थापना र निशुल्क स्वास्थ्य शिविर सञ्चालानार्थ न्यू नवज्योति युवा कल्व गलकोट नगरपालिका ७ आगॉखेत बामियाको २१ औं वार्षिकोत्सव तथा नयॉ वर्ष मेला शनिवार सम्पन्न भएको छ । कार्यक्रम समुदघाटन पछि बोल्दै ढोरपाटन नगरपालिकाका नगर प्रमुख देव कुमार नेपालीले बागलुङको क्षेत्र नं २ को विकास र समृद्विको लागि अन्तरपालिका बिच सहकार्य र समन्वय आवश्यक रहेको बताउनु भएको छ ।

नगर प्रमुख नेपालीले झुटो आश्वासनको आधारमा जनतालाई प्रभावित पार्ने दिन सकिएको दाबी गर्नुभयो । नगर प्रमुख नेपालीले गलकोट नगरपालिका ९ छिसका वेसाहारा वृद्व दम्पति चन्द्र बहादुर रामजाली र सरस्वती रामजालीको लागि २ कोठा सहितको घर निर्माण गरिदिने घोषणा गर्नुभएको छ । सो अवसरमा न्यू नवज्योति युवा कल्वको लागि रु २ लाख ५ हजारको अक्षयकोष, दिपज्योति आधारभुत विद्यालयको लागि एक वर्ष सम्म १ शिक्षकको व्यवस्थापन खर्च व्योहोर्ने बताउनु भएको थियो ।

कार्यक्रममा गलकोट नगरपालिका ७ का वडा अध्यक्ष सुवेदार टिका बहादुर थापा, नेपाल कम्युनिष्ट पार्टी नेकपा ताराखोला अध्यक्ष पदम खत्री दिवस, घुम्टे युवा परिवारका अध्यक्ष थम्मन थापा सन्देश र दिपज्योति आधारभुत विद्यालयका सहायक प्रधानध्यापक विर बहादुर चोखालले शुभकामना मन्तव्य राख्नु भएको थियो । मेलाको अवसरमा आयोजित खुल्ला पुरुष रस्साकसीमा आयोजक प्रथम, पैयुडॉडा युवा कल्व गलकोट नगरपालिका २ द्वितिय त्यस्तै महिला रस्साकसीमा चिसापानी आमा समुह बामिया प्रथम, सिर्जनशिल आमा समुह आगॉखेत द्वितिय भएका छन । भुपु भलिबलमा मनसुन रेष्टुरेण्ट हटिया प्रथम र आयोजक द्वितिय भएको छ । सामुहिक नृत्य प्रतियोगितामा गलकोट नृत्याङगाना समुह हटिया प्रथम, गलकोट ईङलिस सेकेण्डरीस्कुल मल्म द्वितिय र केसी ईलेक्ट्रोनिक्स सेन्टर हटिया तृतिय भएका छन । पुरुष भलिबलमा १८ समुहको सहभागिता रहेकोमा नगद रु ५१ हजार हात पार्दै गलकोट स्पोर्टस हाउस हटिया प्रथम ब्रिनिसा अनलाईन सर्भिस द्वितिय भएका छन ।
मेलामा राष्ट्रिय स्तरमा ख्यातिप्राप्त कलाकारहरु विष्णु खत्री ईश्वर सिंह बिमल भण्डारी सुरज थापाको सांगितिक प्रस्तुति रहेको थियो । मेलामा प्रायोजक, सहयोगदाता, कलाकार लगायतलाई सम्मान गरिएको थियो भनें गलकोट नगरपालिका वडा नं ७ भित्रका ६ विद्यालयका विपन्न दलित विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरिएको थियो । मेला न्यू नवज्योति युवा कल्व मल्मका अध्यक्ष सुरेन्द्र केसीको अध्यक्षता, कोषाध्यक्ष टेकनाथ गौतमको स्वागत र सदस्य नविन थापा र सरिता रामदामको सञ्चालनमा सम्पन्न भएको थियो ।













