बुटवल । रुपन्देहीमा अज्ञात समुको खुकुरी प्रहरबाट एकजना गम्भीर घाइते भएका छन् । अज्ञात समुहको आक्रमणबाट कालिका नगरका रविलाल सुवेदी गम्भी घार्यते भएका हुन् ।गएराति भैरहवाबाट बुटवल तर्फ आउनका लागि उनी भैरहवाको बुद्धचोकमा बस पर्खिरहेका थिए । सोही क्रममा अज्ञात समुह आएर उनलाइ खुकुरी प्रहार गरेका गरेका थिए ।
गम्भीर घाईते सुवेदीको मणिग्राम स्थीत क्रिमसन अस्पतालमा उपचार भई रहेको बुटवल उपमहानगरपालिकाका वडा अध्यक्ष राम चन्द्र खनालले बताएका छन् । सुवेदीको हात र खुट्टामा गहिरो चोट लागेको छ ।समाजिक कार्यमा समेत सक्रिय सुवेदी बुटवलको कालिका मन्दीर सञ्चालक समितीका सदस्य हुन । घटनामा संलग्नहरुको खोजी भई रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।












