
बालबालिका किताबको किरो मात्रै हैन, खेलकुदको पनि हिरो हुनु पर्ने मेयरप्रसाई को भनाई
हरिवनमा दोश्रो वडा अध्यक्ष कप क्रिकेट प्रतियोगिता भएको छ । नगर भित्रका सामुदायिक तथा निजी र सहकारी सहित ८ विद्यालयको सहभागितामा हरिवन ११ स्थित सूर्ति विकास मैदानमा प्रतियोगिता भएको हो । हरिवन ११ का वडा अध्यक्ष शेख मेहवुव रेजाको अध्यक्षता तथा नगरप्रमुख गणेश प्रसाद प्रसाईको प्रमुख आतिथ्यतामा क्रिकेट प्रतियोगिता भएको हो । प्रतियोगिताको उद्घाटन गर्दै नगर प्रमुख गणेश प्रसाईले बालबालिका किताबको किरो मात्रै हैन, खेलकुदमा पनि हिरो हुनु पर्ने बताउनु भयो ।
उहाँले हरिवनबाट बाहिर जाने जुन सुकै विद्यार्थी, जुनसुकै खेलाडीले पनि राष्ट्रिय स्तरमा हरिवनको नाम चम्काउन सफल भएको आफुले देख्न चाहेको बताउनु भयो । खेलकुद भनेकै राष्ट्रलाई विश्वमा चिनाउने माध्यम भएकोले खेलकुदमा अगाडी बढ्न विद्यार्थीहरुलाई मेयर प्रसाईले शुभकामना दिनु भयो । हरिवन स्थित महादेव जनता मावि, अर्किड बोडिङ स्कुल, मोडेल यूरिका स्कुल, सगुन शिक्षा सहकारी विद्यालय सहित ८ विद्यालयको सहभागितामा भएको प्रतियोगितामा नगरप्रमुख प्रसाई सहित विभिन्न वडाका वडा अध्यक्ष, समाजसेवी, खेलप्रेमीले बलिङ तथा व्याटिङ गरी खेलको उद्घाटन गरेका थिए ।
प्रतियोगिताको उद्घाटन कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टिकाराम ढकाल, वडा नम्बर १० का वडा अध्यक्ष शम्भु मैनाली, ९ का वडा अध्यक्ष सीताराम पोखरेल, ८ का वडा अध्यक्ष यज्ञविनोद ढुंगेल, विभिन्न वडाका निर्वाचित वडा सदस्य, नेकपाका नेता विदुर कुमार प्याकुरेल, चुडामणि वाग्ले, केदार प्रसाद मैनाली, काँग्रेस नेता डाकुरनाथ खतिवडा, सोनु कुमारी वोम्जन, यूवासंघ सर्लाहीका अध्यक्ष रमेश चौलागाई, त्यस्तै नविल वैक हरिवनका प्रवन्धक मंगल श्रेष्ठ, समाजसेवी यूवा सरोज अधिकारी, विभिन्न विद्यालयका शिक्षक, खेलप्रेमी लगायतको उपस्थिती रहेको प्रतियोगिताका खेल संयोजक विप्लप कार्कीले बताउनु भयो । प्रतियोगिताका विजेता विद्यालय र विद्यार्थीहरुलाई शिल्ड मेडल र प्रमाण पत्र प्रदान गरिएको संयोजक कार्कीले बताउनु भयो ।