‘बुटवलमा एकिकृत शहरी गुरुयोजना लागु’ मेयर सुबेदी

प्रकाशित मिति:

बुटवल । बुटवल उपमहानगरपालिकाले एकिकृत शहरी गुरुयोजना निर्माणपछि थालिएका कामको प्रभाबकारीता बढ्दै गएको नगर प्रमुख शिबराज सुबेदीका दाबि गरेका छन । नगरले भौतिक बिकास र मानवीय विकास एकैपटक हुनुपर्ने मान्यता बोकेर गुरुयोजना बनाएर काम गरिरहेको सुबेदीको भनाइ छ । बुटवलको भबिश्य सुन्दर रहेको भन्दै बुटवल—भैरहवा—लुम्बिनी मेघा सिटीका रुपमा बिकास गरिने उनले बताए ।

रिपोर्टर्स क्लव नेपाल प्रदेश ५ कार्यालय बुटवलले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै मेयर सुबेदीले आफुहरुको अहिलेसम्म १ बर्ष १० महिना कार्यकाल बिताएको बताए । उनले धेरै कामहरु सहि बाटोमा आएको भन्दै तत्काल रिजल्ट नदेखिएपनि भबिश्यमा अहिले गरेका कामका प्रगति र उपलब्धि देखीने बताए ।
उनले बिकासको आधारको पहिचान गरिएको भन्दै पर्यटन,कृषि,उद्यँेग र ब्यापारलाइ नै मुख्य प्राथमिकतामा राखिएको बताए ।

‘स्रोतको पहिचान,सम्पदाको बिकास सम्बद्धनमा हामी लागेका छौं,हिजो लाखमात्रै आम्दानी नहुने मणिमुकुन्द सेन उद्यानबाट फूलबारीबाट अहिले साढे ३ करोड भन्दा बढि आम्दानी हुन थालेको छ ।’ उनले सुनाए ।बजेट नीति, बुटवलको भबिश्यको चिन्ता हामीले गरेका छौं,मान्छे सबै मरिन्छ तर बुटवल,संस्कार,संस्कृती त मर्दैन त्यसैले एकजना मान्छेभन्दा त्यो ठूलो कुरा हो भबिश्यका लागि उनले भने ।अन्तराष्ट्रिय बिमानस्थल,बुटवल बेलहिया सिक्स लेन,बुटवलको सम्मेलन केन्द्र ,डेढ अरबको प्रदर्शनी स्थल,तिनाउ दानव तटबन्ध,भूमिहीन अब्यबस्थीत बसोबासीको ब्यस्था ,बुटवलका बाइपास सडकहरु अहिलेका उपलब्धि भएको सुबेदीको भनाइ छ ।बुटवलको पार्किङ समस्या ३ बर्षभित्र सकिने भन्दै उनले पार्किङ भवन बनाउन लागेको समेत बताए । सडक निर्माणमा अक्सवाल प्रबिधिको प्रयोग गरिएको उनको भनाइ छ । उनले केहि चुनौती रहेको भन्दै पूर्वाधारमा धेरै खर्च,बहुबर्षिय योजना बनाउनुपर्ने लगायतको अप्ठ्यारा भएको सुनाए । आब ०७६÷०७७का लागि १ अरब ८४ करोडको बजेट सिलिङ तयार पारिएको उनले जानकारी दिए ।राष्ट्रिय गौरवका आयोजनालाइ ढुंगा गिटी किन नदिएको भन्ने पत्रकारको प्रश्नमा मेयर सुबेदीले भने —‘आयोेजनाको स्टीमेट अंक के हो, आधार के हो रु बिचौलीयाले धेरै खाएकाले कारबाहि गरिएको हो ।’सो अबसरमा बोल्दै जनसंघर्ष दैनिकका प्रधानसम्पादक बालकृष्ण चापागाइले बिगत २ बर्षमा नेपालमा सबैभन्दा बढि भ्रष्टाचार भएको दाबि गरे । उनले स्थानीय तहसहित अन्य संस्थामा बिज्ञापनहरु बिज्ञापन एजेन्सीले धेरै मुख्यमा लैजाने गरेको र मिडिया हाउसमा न्यनु पैसामा बिज्ञापन छाप्नुपरेकोमा दुख ब्यक्त गर्दै बिचौलीयालाइ नियन्त्रण गर्न ९रोक्न० मेयर सुबेदीको ध्यानाकर्षण समेत गराए ।