काठमाडौं -नेपाल विद्यार्थी संघका निवर्तमान केन्द्रीय सदस्य नवराज त्रिपाठी पक्राउ परेका छन् । पोखरा विश्वविद्यालयको बेथिति ,मारमा परेका विद्यार्थीको समस्या समाधान र दोेषी कलेजलाई कारवाही माग गर्दै मध्यबानेश्वरको शाइम कलेज अगाडि प्रदर्शन गर्ने क्रममा प्रहरीले पक्राउ गरेको नेविसंघ नेता मनिष सिंखडाले जानकारी दिए । त्रिपाठीको पक्राउपछि आक्रोशित विद्यार्थीले एक्सेल कलेजमा तोडफोड गरेका छन् ।












