कांग्रेस जागरण अभियानमा महिला सहभागिता बढाउन माग

प्रकाशित मिति:

काठमाडौं – नेपाली कांग्रेसका महिला नेतृहरुले वैशाख २५ गतेबाट शुरु हुन गइरहेको राष्ट्रिय जागरण अभियानमा महिला प्रतिनिधित्व बढाउन माग गरेका छन् । उनीहरुले पार्टी सभापति शेरबहादुर देउवा, उपसभापति विलेन्द्र निधि र महामन्त्री शशांक कोइरालालाई ज्ञापनपत्र बुझाएर जागरण अभियानमा महिला प्रतिनिधित्व बढाउन माग गरेका हुन् ।

महासमिति सदस्य नीमा गिरीले जागरण अभियानमा सीमित वक्तालाई मात्र स्थान दिएर कार्यक्रम तालिका बनाउँदा महिलाको प्रतिनिधित्व खुम्चिएका कारण कार्यक्रम तालिकामा महिलालाई अनिवार्य गर्न माग गर्दै शीर्ष नेतृत्वलाई छुट्टाछुट्टै ज्ञापनपत्र बुझाइएको बताइन् । ‘‘कार्यक्रममा सभापति र प्रमुख अतिथि, विशेष वक्तामात्रै रहने र स्वागत र विषय प्रवेश मात्र हुने प्रारुप बनाउँदै गर्दा परिणाममा यो जागरण अभियानमा महिला समुदायको प्रतिनिधित्व अत्यन्तै न्युन अर्थात शून्य प्रायः हुने अवस्था रहन्छ,’’ ज्ञापनपत्रमा भनिएको छ, ‘‘जागरण अभियानका प्रत्येक कार्यक्रमहरूमा अनिवार्य रुपमा महिलाको नेतृत्वदायी भूमिका रहने गरी कार्यक्रमको प्रारुप संसोधन गर्नुपर्छ ।’’

गिरीका अनुसार कांग्रेस नेतृत्वले जागरण अभियानका लागि तयार पारिएको कार्यक्रमको प्रारुपलाई परिवर्तन गरेर महिलालाई पनि स्थान दिने प्रतिवद्धता व्यक्त गरेका छन् । ‘‘हामीसँगको भेटमा सभापति, उपसभापति, महामन्त्री र प्रवक्ताज्यूले कार्यक्रमको प्रारुप परिवर्तन गरेर महिलाको सहभागिता अनिवार्य गर्ने प्रतिवद्धता जनाउनुभएको छ,’’ उनले भनिन् । यसअघि कांग्रेसले अभियानमा स्वागत मन्तव्य, विषय प्रवेश, प्रमुख अतिथि अथवा प्रमुख वक्तापछि संक्षिप्त मन्तव्यसहित सभापतिबाट उद्घाटन समारोह विसर्जन गरिने बताएको थियो । कांग्रेसले राष्ट्रिय जागरण अभियानबाट यसअघिको शैलीमा हुँदै आएको मन्तव्यको परम्परालाई अन्त्य गर्न वक्ताको संख्या घटाएको जनाएको