शक्तिशाली समुद्री आँधी ओडिशा प्रवेश गर्यो

प्रकाशित मिति:

एजेन्सी – शक्तिशाली समुद्री आँधी ‘फानी’ शुक्रबार बिहान भारतको तटवर्ती राज्य ओडिशाको स्थल क्षेत्रमा प्रवेश गरेको भारतको मौसम विभागले जनाएको छ ।आँधीको प्रभावले त्यहाँ वर्षा हुन थालिसकेको बताइएको छ । बङ्गालको खाडीमा बनेको सो समुद्री आँधी झन्डै २०० किलोमिटर प्रतिघण्टाको वेगले अघि बढिरहेको अधिकारीहरूले जनाएका छन् । करिब १० लाख मानिसलाई आँधीले प्रभाव पार्नसक्ने क्षेत्रबाट सारिएको बीबीसीले जनाएको छ ।