समुदायकै कृयाशीलताले वन संरक्षण भएकामा वनमन्त्रि गिरीद्धारा प्रशंसा

प्रकाशित मिति:

प्रदेश नम्बर ५ का उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री लिला गिरीले समुदायकै संरक्षणले नेपालको बन जोगिएको भन्दै प्रसंसा गर्नुभएको छ । बनको व्यवस्थापन र संघीय संरचना निर्माणको काम भइरहेको भन्दै उपयुक्त नीति सरकारले लिने उहाले बताउनुभयो ।
सामुदायिक बन उपभोक्ता महासंघको पाच नम्बर प्रदेशको पहिलो अधिवेशनकोे शुक्रबार उद्घाटन गर्दैसंघले प्रदेश, प्रदेशले स्थानीय तहमाथि शासन गर्ने भन्ने बुझाई गलत रहेको भन्दै उहांले कानुन निर्माणमा सही नीति अवलम्बन गर्न संघीय सरकारलाई आग्रह गनुभयो ।

कार्यक्रममा बोल्दै सामुदायिक बन उपभोक्ता महासंघका अध्यक्ष गणेशबहादुर कार्कीले स्थानीय तहमा बन इकाई गठन गरी सामुदायिक र अन्य बन व्यवस्थापनको काम हुनुपर्ने माग गरे । बन र विकास परस्पर बिरोृधी हुन नहुने भन्दै उनले समुदायको विकासमा सामुदायिक बनले महत्वपूर्ण काम गरेको बताउनुभयो ।बनको दिगो व्यवस्थापनका लागि हाल भइरहेको बैज्ञानिक बन व्यवस्थापन सामुदायिक बन नीति अनुरुप आएको महासंले जनाएको छ । बैज्ञानिक बन व्यवस्थापनका नाममा जंगल मास्ने र अनियमितता गर्ने काम भइरहेको आरोप छ ।
बन उपभोक्ता महासंघले प्रादेशिक संरचना तयार गर्दै २२ हजार समूहलाई सरकारले ल्याउन थालेको डिभिजन सम्बन्धी नीति विरुद्ध आन्दोलनमा उतार्ने चेतावनी दिएको छ । प्रदेश नम्बर २ र ३ पछि प्रदेश नम्बर ५ मा अधिवेशन गरिएको हो । कार्यक्रममा संघका पूर्व अध्यक्ष तथा तुल्सीपुर उपमहानगरका मेयर घनश्याम पाण्डे, प्रदेश ३ का अध्यक्ष बिनोद सापकोटा, प्रदेश २ का अध्यक्ष शोम शर्मा, महासंघका केन्द्रीय सल्लाहकार अप्सरा चापागाई, उपाध्यक्ष भीम प्रकाश खड्का, महासचिव भारती पाठक, सचिवालय सदस्य बसन्ती अधिकारी, ठाकुर भण्डारी लगायतले बोल्दै बन जोगाउने जिम्मा समुदायमा छाड्न आग्रह गर्नुभयो ।बुटवलमा भएको प्रदेश ५ को अधिवेशनले नया नेतृत्व चयन गर्नेछ । प्रदेश ५ मा ३ हजार नौ सय ८९ सामुदायिक बन छन् । ती बनबाट करिव ६ सय ७० प्रतिनिधि अधिवेशनमा सहभागि भएका छन् ।