सुरेश परियार,रुपन्देहीको सैनामैनामा मिनि बस दुर्घटना हुदाँ २ जना घाइते भएका छन् । आज९शुक्रबार०पुर्व पश्चिम राजमार्ग अन्र्तगत सैनामैना नगरपालिका वडा न।१० फायरलाइनमा बुटवलबाट कपिलबस्तु जादै गरेको लु १ ख ९२८५ नम्बरको मिनि बस यान्त्रिक समस्याका कारण अनियन्त्रीत हुदाँ बस दुर्घटना भएको ईलाका प्रहरी कार्यालय सालझण्डीका प्रहरी निरिक्षक रविनराज मैनालीले जानकारी दिनुभयो ।
घाइते हुनेमा जिल्ला कपिलबस्तु बहादुरगँज बस्ने वर्ष ४० का चिनि गुप्ता,सोही जिल्ला बगई बस्ने २२ वर्षिय पुष्पा चौधरी रहेको प्रहरीले जनाएको छ । घाइते दुवैलाई उपचारका लागी लुम्बिनी प्रादेशिक अस्पताल पठाइएको छ । बसमा १५ जना सवार थिए ।












