घोराही कारागारका कैदीबीच ग्याँङ फाईट

प्रकाशित मिति:

दाङ-दाङको घोराहीस्थित कारागार भित्रै कैदी बन्दीका बीचमा आपसमा मध्य रातमा झडप भएको छ । उक्त झडपमा परि पाँच जना घाइते भएका छन् भने त्यसमध्य एकजनाको हात फ्याक्चर भएको छ । झडपमा परि भाई नाईके डम्मर कुँवरको बाँया हात फ्याक्चर भएको छ भने नाईके अर्थात चौकीदार विप्लव सेन वली, पूर्व दाई नाईके हिमाल डाँगी, दाई नाईकहरु आदित्य बगाले र प्रेम प्रकाश वली पनि घाइते भएका छन् । घाइते सबैको हाल राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको छ ।

कारगार भित्र नाईकेले आर्थिक अनियमिता गरेको तथा चरम गुटवन्दी गरेको आरोप लगाउँदै पूर्व दाई नाईके मिहाल डाँगीको समुहले नाईकेको समुहमाथि शुक्रवार विहान डेढ बजेतिर एकाएक आक्रमण गरेको थियो । नाईकेको समुहको व्यवहार प्रति असन्तुष्टि जनाउँदै पूर्व दाई नाईके हिमाल डाँगी,प्रेम पुन, किशोर लामा र देबबहादुर वलीको समुहले आक्रमण गरेको खुल्न आएको छ ।