कपिलबस्तु -नेपाली कांग्रेस वाणगंगा नगरपालिका वडा नम्बर ११ को अन्तरक्रिया तथा वडा भेला सम्पन्न गरेको छ । नेपाली काँग्रेसले पार्टिलाई वडा तहबाटै बलियो बनाउँने उद्देश्यले वडा भेलालाई निरन्तरता दिए सगै वाणगंगा नगरपालिकाले पनि ११ वटै वडामा अन्तरक्रिया तथा वडा भेला सम्पन्न गरेको छ । वडा भेलाको समुद्घाटन गर्दै पुर्व सिँचाई राज्यमन्त्री तथा नेपाली कांगे्रस जिल्ला सभापति सुरेन्द्रराज आचार्यले अहिलेको दुई तिहाईको सरकार अधिनायकवाद र सर्वसत्तावाद तर्फ उन्मुख रहेको बताउनु भएको छ ।
उहाँले स्वतन्त्र न्यायपालिका , कार्यपालिका र व्यवस्थापिका लगायतमा इकाईमा सरकारले कब्जा जमाउन खोजेको आरोप लगाउनु भयो । उहाँले राज्यका तीन वटै स्वतन्त्र ईकाईमा सरकारले स्वतन्त्र भूमिका निर्वाह गर्न नदिएर हस्तक्षेप गरेको बताउनु भयो । अधिनायकवाद तर्फ जान खोजिरहेको यो सरकारलाई ठीक ढंगबाट चलाउनको लागी सशक्त प्रतिपक्षको भूमिका काँग्रेसले खेल्नुपर्ने बताउनु भएको छ । भारतका लागी पुर्व नेपाली राजदुत तथा नेपाली काँग्रेसका पुर्व केन्द्रिय सदस्य दीप कुमार उपाध्यायले पार्टीको संगठन बिस्तार तथा सुदृढिकरण गर्न आवश्यक रहेको बताउनु भयो ।
उहाँले पार्टीलाई एकिकृत रुपमा अगाडि बढाउनका लागि वडाभेलालाई तिब्रता दिएकोले सम्पुर्ण वडाका नेता तथा कार्यकर्ता एकजुट हुन आवश्यक रहेको बताउनु भयो । उहाँले पार्टीलाई केन्द्र देखि स्थानिय तहसम्म बलियो बनाउँनका लागि पार्टीका भातृ संगठनहरु एकजुट भएर लाग्नुपर्ने आवश्यकता रहेको बताउदै वडामा पार्टीको अवस्था कस्तो छ त्यस्तै खालको प्रतिवेदन जिल्ला कार्य समितीले केन्द्रमा लगेर पेश गर्ने भएकाले वडा भेलालाई तिब्रता दिन आवश्यक रहेको बताउनु भयो ।पुर्व जिल्ला सभापति राजेश आचार्यले नेपाली कांग्रेस स्वच्छ पानी रहेको थियो र अहिले पनि त्यस भन्दा वाहिर जान नमिल्ने भएकोले जुन आम कार्यकर्तामा भएको गुट उपगुटको आशंका छ त्यसलाई जरै देखि उखेल्नु पर्ने बताउँदै उहाँले पार्टिमा हुने अन्तर्घातको अन्त्य गर्न आवश्यक रहेको जिकिर गर्नुभयो । कार्यक्रममा नेपाली काँग्रेसका युवा नेता तथा जिल्ला कार्यसमिती कपिलवस्तुका जिल्ला सदस्य रवि बहादुर काफ्ले, जिल्ला सदस्य परमेश्वर पाठक , प्रदेश सभाका प्रत्यासी उम्मेदवार पुरन थारु , क्षेत्र नम्बर १ का क्षेत्रिय उपसभापति शालिकराम चौधरी, जिल्ला समन्वय समिती उपाध्यक्ष तारावती चौधरी, महासमिती सदस्य दुर्गा सेन, वाणगंगा नगरपालिका प्रमुख मंगल प्रसाद थारु, नेपाल महिला संघ केन्द्रीय सदस्य इन्दिरा भट्टराई, नेपाल महिला संघ कपिलवस्तुकी अध्यक्ष मिना केसी, नेपाल तरुण दल कपिलवस्तु जिल्ला अध्यक्ष शक्ति सिंह ठकुरी, नेपाली काँग्रेस वाणगंगा नगरका कार्यवाहक सभापति विष्णु थापा, विपी विचार चिन्तन प्रतिष्ठानका जिल्ला अध्यक्ष युवराज केसी, नेपाल जिविसका कार्यकारणी उपाध्यक्ष रमेश चन्द्र भुसाल, लगायतले नेपाली कांग्रेस स्वच्छ पानी रहेको थियो र अहिले पनि त्यस भन्दा वाहिर जान नमिल्ने भएकोले जुन आम कार्यकर्तामा भएको गुट उपगुटको आशंका छ त्यसलाई जरै देखि उखेलेर पार्टिमा हुने अन्तर्घातको अन्त्य गर्न आवश्यक रहेको भनाई राखेका छन् । वडा सभापति गोविन्द प्रसाद चौधरीको सभापतित्वमा भएको कार्यक्रममा लक्ष्मण कंडेलको स्वागत मन्तब्य र वडा सचिव सुवास पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।












