आजदेखी रमजान सुरु ! रमजानमा मज्जाले खानुहोस् चिकन मजेस्टिक, यसरी बनाउनुस् स्वादिलो

प्रकाशित मिति:

एजेन्सी – रमजानको रोजा तोडिसकेपछि तपाईलाई इफ्तारीमा कुनै पौष्टिक खाना खानुपर्छ । कोसिस गर्नु की त्यो समय तपाई अत्यमधिक पानी पिउनुहोस् जसले तपाईलाई डिहाईडे«सन हुँदैन । यसबाहेक तपाई फल अनी तरकारीहरुपनि लिनुहोस् । यसबाहेक तपाई जे खानसहुन्छ त्यो पोष्टिक हुनुको साथै स्वादिष्ट हुनुपनि जरुरी छ । आज हामी तपाईलाई चिकन मजेस्टिकको रेसिपी बनाउन सिकाउँछौ । यसमा धेरै प्रोटिन हुन्छ , जसलाई खाएपछि तपाईको पेट भरीरहन्छ । जान्नुहोस् कसरी बनाउने ।

सामाग्री–
– हड्डी रहित चिकन – ३०० ग्राम
– बटर मिल्क – १र २ कप
– कर्न फ्लोर – ११र२ टिस्पुन
– अदुवा तथा लसुन – १ चम्चा
– बेसारको धुलो – १ चम्चा
– खुर्सानीको धुलो – १र२ चम्चा
– तेल – आवश्यकता अनुसार
– नुन – स्वादअनुसार
– लसुन – १ पोटी
– हरीयो खुर्सानी – २
– तेज पत्ता – १ वा २ झुप्पा
– पुदिनाको पात – एक मुठ्ठी
– सोया सस – १ चम्चा
– अमिलो दही – ३ चम्चा

बनाउने विधि

१. चिकनको टुक्रालाई लामोगरी काट्नुहोस् , यो २ देखी ३ इन्चसम्म मोटो हुनुपर्छ ।

२.एउटा ठुलो कचौरा लिनुहोस् । त्यसमा दही अनी २ चम्चा नुन मिसाउनुहोस् ।

३. अब यस दहीमा चिकनको टुक्रा राख्नुहोस् अनी २० मिनेटसम्म सोस्नको लागी समय दिनुहोस् ।

४. अब बचेको दहीलाई निकाल्नुहोस् र चिकनको पिसलाई अर्को कचौरामा राख्नुहोस् ।

५. यसपछि त्यसमा रातो खुर्सानीको धुलो , बर्न फ्लोर , बेसार , अदुवा र लसुन राख्नुहोस् ।

६. अब एउटा गहिरो कराई लिनुहोस् । त्यसमा तेल राख्नुहोस् । जब तेल तातो हुन्छ , त्यसमा चिकनको मैरिनेट गरीएको टुक्रा राख्न्होस् ।

७. अब चिकन पिसलाई गोल्डन गर्नुहोस् र त्यसलाई पेपरमा निकाल्नुहोस् ।

८. अब एक फ्राइङ फेनमा १ चम्चा तेल राख्नुहोस् । त्यपछि त्यसमा काटिएको लसुन राखेर पकाउनुहोस् ।

९. त्यसपछि त्यसमा हरीयो खुर्सानी अनी तेजपत्ता राख्नुहोस् ।

१०. यसलाई फ्राई गरेर साथमा पुदिनाको पत्ति अनी गरम मसाला राख्नुहोस् । यसलाई केही सेकेण्डको लागी चलाउनुहोस् ।

११. फेरी तत्काल यसमा अमिलो दही राख्नुहोस् ।

१२. दहीलाई हल्का तापमा पकाउनुहोस् ।

१३. अब यसपटक यसमा सोया सस मिलाउनुहोस् ।

१४. फेरी यसमा फ्राई गरेको चिकन राख्नुहोस् । यसलाई त्यतिबेलासम्म पकाउनुहोस् जबसम्म यो पुर्ण रुपमा कोट हुँदैन । अब आगोलाई बन्द गर्नुहोस् अनी चिकन लिनुहोस् ।