भारतीय प्रहरीले नेपाली प्रहरीलाई कुटपिट गरेपछी …..

प्रकाशित मिति:

रौतहट – रौतहटको गौर नगरपालिका १ को सूर्या बेम्बो होटलमा मदिरा खाएर ३ जना भारतीय प्रहरीले नेपाली प्रहरीलाई कुटपिट गरेका छन् । होहल्ला गरिरहेका विहार मिलिटरी पुलिसका सुरक्षाकर्मीले नेपाल प्रहरी र सशस्त्र प्रहरीमाथि पनि कुटपिट गरेपछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको छ ।

रौतहटका प्रहरी उपरीक्षक भुपेन्द्र खत्रीले जानकारी दिएअनुसार पक्राउ पर्नेमा पृथ्वी पुन, खड्कसिंह भण्डारी र सुमन आले रहेका छन् । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय ल्याइएको छ । होटलमा मदिरा खाएर उनीहरूले होहल्ला गरेपछि घटनाबारे बुझ्न नेपाल प्रहरी र सशस्त्र प्रहरी पुगेको थियो । तर, उनीहरुले प्रहरी र सशस्त्र प्रहरीमाथि कुटपिट गरेपछि पक्राउ गरिएको प्रहरीले जानकारी गराएको छ । उनीहरू चारजनाको समूहमा रहेका थिए । उनीहरुमध्ये एकजना भने भाग्न सफल भएका छन् । विहारमा शनिबार हुने लोकसभा चुनाव हुँदै छ । नयाँ मुख्यमन्त्री आदित्यनाथ योगीले विहारमा मदिरा व्यापारमा कडाइ गरेपछि भारतबाट नेपाल आएर मदिरा सेवन गर्नेको संख्या वृद्धि भएको छ ।