ट्याक्टरमा ठोक्किएर स्कुटर चालकको मृत्यु

प्रकाशित मिति:

राजबिराज -रोकिराखेको ट्याक्टरमा स्कुटी ठोक्किएर सुरुङगा नगरपालिका हस्पिटल चोकस्थित कदमाहा गाईघाट सडकखण्डमा एक युवकको मृत्यु भएको छ । उदयपुरको त्रियुगा नगरपलिका ३ का ३२ वर्षीया प्रविण चौधरीको मृत्यु भएको हो ।

सडक किनारमा रोकिराखेको स १ त ५००२ नम्बरको ट्याक्टरमा उदयपुरको गाईघाटबाट कदमाहातर्फ आइरहेको चौधरी सवार स १० प ५८८७ नम्बरको स्कुटी ठोक्किएको जिल्ला प्रहरी कार्यालय सप्तरीले बताएको छ ।दुर्घटनामा परेर घाइते भएका चौधरीको उपचारका क्रममा मृत्यु भएको हो । उनलाई सिरहाको लहानस्थित सप्तऋषी अस्पताल उचारका लागि लगिएकाृ थियो । तर उनको सोही अस्पतालमा मृत्यु भएको हो । ट्याक्टर र ट्याक्टर चालकलाई इलाका प्रहरी कार्यालय कडरबोनाले नियन्त्रणमा लिएको छ।