जनकपुरमा जानकी जन्मोत्सवको रौनक !

प्रकाशित मिति:

जनकपुर – आज नवमी तिथि त्रेताकालमा जानकी जन्मेको दिन ।जनकपुरस्थित जानकी मन्दिरमा विशेष कार्यक्रमको आयोजना गरिएको छ । जानकी नवमीको अवसर पारेर प्रदेश २ सरकारले आज सोमबार सार्वजनिक बिदा दिने समेत घोषणा गरेको छ ।सप्ताहव्यापी रुपमा मनाइने महोत्सवमा नेपालका साथै भारतका विशिष्ट विद्वानहरूको समेत सहभागिता रहने बताइएको छ ।

जानकी जन्म महोत्सवको अवसरमा मन्दिरलाइ बेहुली झै सिंगारिएको छ । यसै अवसरमा आज विहानैदेखि जनकपुरको दुधमती नदीमा साही स्नान गर्नेहरुको घुइँचो लागेको छ । बैशाख शुक्ल नवमीका दिन हुने जानकी जन्मोत्सवको अवसरमा विशेष पूजाअर्चना गर्न राष्ट्रपति विद्यादेवी भण्डारी पनि जनकपुरधाम आउने कार्यक्रम रहेको छ । राष्ट्रपतिको भ्रमण हुने भएसँगै जानकी मन्दिर वरपर र जनकपुरको प्रमुख चोकहरुमा सुरक्षा व्यवस्था चुस्त बनाइएको छ ।