अमेरिकाको सेन्ट लुईसमा गोलीकाण्ड, ३ जनाको मृत्यु

प्रकाशित मिति:

बुटवल – अमेरिकाको सेन्ट लुईसमा सोमवार अबेर गोलीकाण्ड मच्चिँदा तीनजनाको मृत्यु भएको र दुईजना घाइते भएको प्रहरी अधिकारीहरूले बताएका छन् । राति ९ बजे घटना भएको केही क्षणपछि प्रहरी घटनास्थलमा पुग्दा एकजना व्यक्ति बाहिर आँगनमा अनि चारजना भित्र ढलिरहेको देखेको सेन्ट लुईस पोस्ट डिस्म्याच पत्रिकाको अन्लाइन संस्करणले लेख्यो ।

सबै पाँचजना २० देखि ३५ वर्षको बीचमा रहेको प्रहरी प्रमुख जोन हेडनले बताए । तीनजना मृत अवस्थामा फेला परे भने चौथा व्यक्तिको सास मात्र चलेको पाइयो र उनको टाउकोमा गोली लागेको थियो । पाँचौं व्यक्तिको गोडामा गोली लागेको थियो र उनी सचेत रहेको पत्रिकाले लेख्यो । गोलीकाण्ड किन भयो र प्रहरीले आरोपितहरूलाई खोजिरहेको छ कि छैन भन्ने कुरा स्पष्ट हुन सकेको छैन । – रोयटर्सबाट