एजेन्सी- युक्रेनका नवनिर्वाचित राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले चुनावको दिन मिडियाकर्मी र भिडियोग्राफरहरूलाई मतपत्र देखाएको आरोपमा जरिवाना लगाइएको छ ।
राजधानी कीएभको एक अदालतले मतदानको गोपनीयता रक्षा गर्ने निर्वाचन कानून तोडेकोमा सोमवार लोकप्रिय हास्यकलाकार जेलेन्स्कीमाथि ३६ सय रुपैयाँको जरिवाना लगाएको हो । जेलेन्स्कीले अपराध स्वीकार गरेको अदालतले जनाएको छ । उनले आफ्नो नामअगाडि टिक लगाएको संकेत मतदान गर्नुअघि पत्रकारहरूलाई देखाएका थिए । त्यसलाई प्रतिद्वन्द्वीले ठूलो इस्यु बनाएका थिए । जेलेन्स्कीले मे महिनाको अन्त्यसम्ममा शपथ लिने सम्भावना छ ।












