जनताका कुरा सुन्न, काम गर्न र कम बोल्न जरुरी छः माधव नेपाल

प्रकाशित मिति:

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पार्टीमा सुन्ने कम, बोल्ने धेरै विचार र विश्लेषण गर्ने हुँदा जनअपेक्षा बुझ्न नसकिएको बताए। युवा संघको २९ औं स्थापना दिवसको अवसरमा बुधबार काठमाडौंमा नेता नेपालले जनताका सुख, दुःख बुझेर पार्टी अघि बढ्नुपर्ने बताएका छन्।

कार्यक्रममा बोल्दै उनले भने, ‘बोल्ने धेरै, सुन्ने कम गरेका छौं,’ भने, ‘हाम्रा दुइटा आँखा छन्, दुइटा कान छन्। तर मुख एउटा मात्रै छ। यो भनेको धेरै सुन्ने कम बोल्ने हो।’ उनले जनअपेक्षा सुन्ने काम नभएको पनि बताए। उनले भने, ‘ख्याल गर्नुहोला हामीले जनताको ५५ प्रतिशत मात्रै मत पाएका हौं दुई तिहाइ होइन,’ ‘धेरै जनताको मन जित्न बाँकी नै छ। उनले कार्यक्रमा मा बोल्दै, ‘जनताले के भनिरहेका छन् सुन्नुहोला,’ ‘धेरै बोलेर मात्रै हुँदैन।’ जनताका पीर मर्का तथा खुसीमा साथ दिन सकियो भने मात्रै जनताले विश्वास गर्ने उनले बताए।