नेकपाले जनवर्गीय संगठनको नेतृत्व टुंग्यायो

सचिवालय बैठकले जनवर्गीय संगठनको नेतृत्व टुंग्याएको हो

प्रकाशित मिति:

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय विभिन्न जनवर्गीय संगठनको नेतृत्व टुंग्याएको छ। बिहिबार बसेको नेकपाको सचिवालय बैठकले जनवर्गीय संगठनको नेतृत्व टुंग्याएको हो।

पूर्वप्रधानमन्त्री तथा नेकपाका नेता झलनाथ खनालले जनवर्गीय संगठन नेतृत्व टुंग्याएको नागरिकन्यूजसँग पुष्टि गरेका छन्। तर उनले कसले नेतृत्व पायो र एकतापछि संगठनको नाम भने भोलि मात्रै सार्वजनिक हुने बताएका छन्। विद्यार्थीको ऐन मगर, मजदुरको विनोद श्रेष्ठ र बुद्धिजिविको दिनेशचन्द्र देवकोटा संयोजक भएका छन्। त्यस्तै तत्कालिन नेकपा माओवादी केन्द्रले युवामा रामप्रसाद सापकोटा दीपशिखा, महिलामा अमृता थापामगर र पत्रकारको संयोजकमा महेश्वर दाहाललाई संयोजक बनाउने सहमति भएको नेकपाका एक सचिवालय सदस्यले नागरिक न्यूजलाई बताए।

पेशागत महासंघको संयोजकमा विश्वनाथ प्याकुरेल, प्रवासी नेपाली मञ्च भारतको संयोजकमा लोकनाथ भण्डारी, जनसांस्कृतिक महासंघको संयोजक खगेन्द्र राई, दलितको संयोजक तिलक परियार, भूपू सुरक्षाकर्मी संगठनको संयोजक धनबहादुर चन्द र मुस्लिम संगठनको संयोजक महमद फरुकी हुने सहमति जुटेको छ। त्यस्तै विद्यार्थीको सहसंयोजकमा माओवादीका रञ्जित तामाङ, युवाको सहसंयोजकमा एमालेका रमेश पौडेल, महिलाको सहसंयोजकमा एमालेकी सीता पौडेल, मजदुरको सहसंयोजकमा माओवादीका जगत सिंखडा, प्रेस संगठनको सहसंयोजकमा एमालेका गणेश बस्नेत र बद्धिजिवीको सहसंयोजकमा माओवादीका कृष्ण केसी हुने सहमति जुटेको छ।

प्रवासी नेपाली मञ्च भारतको सहसंयोजक ईश्वरी भण्डारी, पेशागत महासंघको सहसंयोजक दयाराम बस्याल, जनसांस्कृतिक महासंघको सहसंयोजक सरल सहायात्री र मुस्लिम संगठनको सहसंयोजक अत्तहर हुसेन फारुकी, दलितको सहसंयोजक ओमबहादुर विश्वकर्मा हुने सहमति जुटेको छ।