भोजपुरको सदरमुकाम पोखरेमा आगलागी हुँदा ५२ लाखको क्षति

प्रकाशित मिति:

भोजपुर-भोजपुरको सदरमुकाम पोखरेमा विहीबार दिउँसो आगलागी हुँदा ५२ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।स्थानीय बखतवहादुर श्रेष्ठको घरबाट आगलागी सुरु भएको हो । आगलागीबाट श्रेष्ठको किराणा पसल, नगद पाँच लाखसँगै सम्पूर्ण सामग्री जलेर नश्ट भएको प्रहरीको भनाइ छ । त्यस्तै आगो नियन्त्रण गर्ने क्रममा आसपासका दुई ओटा घरमा समेत क्षति पुगेको प्रहरीले जनाएको छ ।

साँघुरो बाटोको कारण नगरपालिकाको दम्कल जान नसेकेपछि नेपाली सेना, ससस्त्र प्रहरी, नेपाल प्रहरी तथा स्थानीयको सहयोगमा आगो नियन्त्रण आएको थियो । आगो विद्युत सर्ट भएर लागेको हुन सक्ने प्रहरीले जनाएको छ ।