एजेन्सी -बलिउडमा दीपिका पादुकोण र रणवीर सिंहलाई आदर्श जोडीको रुपमा लिइन्छ ।उनीहरु दुईजनाको केमेस्ट्रीलाई निकै रुचाइने गरिन्छ । ‘गोलियो कि रासलीला रामलीला’, ‘बाजीराव मस्तानी’ र ‘पद्यमावत’जस्ता हिट फिल्म दिएका यी जोडीलाई धेरै दर्शकले फेरीसँगै काम गरेको हेर्ने चाहना राखेका छन् ।
केहि समय अघि विवाह गरेका यी जोडी अब एउटै पर्दामा सँगै देखिने भएका छन् । यसका लागि वर्कशप शुरु भएको बताइएको छ । रमाइलो पक्ष के भने बन्न लागेको यस फिल्ममा दीपिका रणवीरको श्रीमतीको भूमिकामा देखिने छिन् ।फिल्मको नाम ‘८३’ रहेको छ। फिल्मका लागि दुवैले सहमति जनाइसकेका छन्।













