नेपाल–भारत सीमाबाट अबैध काठ बरामद

प्रकाशित मिति:

बर्दिया जिल्लाको बढैयाताल गाउपालिका वार्ड नं १ स्थित सानो डाँफेगाउ स्थित नेपाल–भारत मुख्य सीमा स्तम्भ न ४१ नजिक नेपाल तर्फको ऐलानी जग्गामा खरले छोपेर लुकाई राखिएको बेवारिशे अवस्थामा काठ बरामद गरिएको छ ।

सशस्त्र प्रहरी बल नेपलले १०५।५८ क्युफिट सालको गोलिया  काठलाई बीओपी फुटाहाबाट बरामद गरेको हो । भारतीय जंगलबाट अबैध रूपमा ल्याएर लुकाई राखिएको सालको काठ बरामद गरिएको जनाइएको छ ।सीमा शुरक्षामा खटिएको सशत्र प्रहरी निरीक्षक धर्मेन्द्र सिंह भण्डारीको टोलीले नेपाल–भारत सीमानामा खेतमा लुकाएर राखिएको अवस्थामा बरामद गरिएको हो ।बरामद गरिएको काठलाई ईलाका वन कार्यालय बासगडीमा आवश्यक कारवाहीको लागि आजै बुझाएको छ । बरामद गरिएको उक्त काठको बजार मूल्य ३,५०,०००÷– तीन लाख पचास हजार पर्ने निरीक्षक भण्डारीले जानकारी गराए ।