एनआरएएनए अमेरिकाको अध्यक्षमा साह, वरिष्ठ उपाध्यक्षमा डा बन्जाडे र महासचिवमा पशुपति पाण्डे विजयी

प्रकाशित मिति:

अमेरिका । एनआरएनए अमेरिकाको सन् २०१९–२१ को कार्यकालका लागि हिजो सम्पन्न मतदानको प्राप्त नतिजा अनुसार सुनिल कुमार साह विजयी भएका छन् । कुल खसेको ७ हजार ३ सय ५७ मतमा साहले ३७ सय ११ मत प्राप्त गरी निकटतम प्रतिद्वन्दिलाइ फराकिलो मतान्तरमा पछाडि छोड्दै जित हासिल गरेका हुन् । अध्यक्षका प्रत्यासी सूर्य लम्सालले १७ सय ९७ मत प्राप्त गरेका छन् भने अर्का उम्मेदवार सन्जाय थापाले १५ सय ५४मत प्राप्त गरेका छन् ।

त्यस्तै कडा टक्कर हुने अनुमान गरिएको वरिष्ठ उपाध्यक्षमा डाक्टर अर्जुन बन्जाडेले झिनो मत अन्तरले जीत हासिल गरेका छन् ।
त्यस्तै त्रिपक्ष प्रतिस्पर्धा हुने अनुमान गरिएको महासचिवमा सियाटल निवासी पशुपति पाण्डेले नतिजा आफ्नो पक्षमा पारेका छन् ।
क्षेत्रीय उपाध्यक्षहरुमा बिआर लामा, कृष्ण जी वी पन्त,सर्वज्ञ वाग्ले र बुद्धि सुबेदी विजयी भएका छन् ।

सचिवमा अमृत कटेलले जित निकालेका छन् । त्यस्तै कोषाध्यक्षमा नेत्र बन्धु पोखरेलले जित हासिल गरेका छन् । सहकोषाध्यक्ष मा सन्तोष विष्टले जित हासिल गरेका छन् । महिला संयोजकमा दीक्षा बस्नेतले जित हासिल गरेकी छन् ।  एनआरएनए अमेरिकाको यो निर्वाचन परिणामले आइसीसीको आसन्न निर्वाचनलाई समेत प्रभाव पार्ने संभावना छ ।दुरविन नेपाल वाट साभार