उषा तमाङ जेठ ७, दोलखा -इन्टरनेशनल एक्सीलेन्स अवार्ड २०१९ मलेसियाको उत्कृष्ठ युवा प्रेरणा सामाजिक कार्यकर्ताबाट दोलखाकी निता राउतले अवार्ड प्राप्त गर्नुभएको छ ।
सिजन मिडियाले आफ्नो १० वर्ष पुरा गरेको उपलक्ष्यमा गत सोमबार साझ मलेसियाको राजधानी क्वालालम्पुरको ग्रान्डकन्टिनेन्टल होटलको सभाहलमा इन्टरनेशनल एक्सीलेन्स अवार्ड २०१९ मलेसिया” नामक सम्मान तथा मनोरञ्जनात्मक कार्यक्रम आयोजना गरेको थियो।
सो अवसरमा नेपाल तथा विदेशमा रहेर विभिन्न क्षेत्रहरूमा विगत १० वर्ष भन्दाबढी समय एउटै काममा लागि परि सफल भएका नेपाली तथा विदेशी अग्रजहरूलाई सम्मान गरेको हो । कार्यक्रममा नेपालका विभन्न क्षेत्रका १६ जान व्यक्तिहरूले विभिन्न १६ विधामा अवार्ड प्राप्त गरेकामा इन्टरनेशनल एक्सीलेन्स अवार्ड २०१९ अन्र्तगत उत्कृष्ठ युवा प्रेरणा सामाजिक कार्यकर्ताबाट सञ्चारकर्मी निता राउत सम्मानित हुनुभएको हो ।
राउतले निता राउत फाउण्डेशन स्थापना गरि सामाजिक कार्य गर्दै आउनुभएको छ । विशेष गरि वृद्धवृद्धालाई न्यानो कपडा वितरण, बालबालिकाको शिक्षाको लागी शैक्षिक सामग्री वितरण, आर्थिक अभावमा उपचार गराउन नपाएका बिरामीका लागी सहयोग संकलन, आर्थिक अवस्था कमजोर रहेका विद्यार्थीको अभिभावकत्व ग्रहण, अपाङ्ग वस्तिलाइ सहयोग लगाएतका कार्य गर्दै आउनुभएको छ । अवार्ड वितरण समारोहमा राउतले आफुलाई सहयोग गर्ने देश विदेशमा रहेका सहयोगी मनहरुलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो । सहयोगी मनहरुकै कारण आफुले अवार्ड पाउन सफल भएकोले आगामी दिनमा पनि यस्तै सहयोग गर्न राउतले सम्पुर्णमा अनुरोध गर्नुभयो । उक्त कार्यक्रममा नेपालका विभन्न क्षेत्रका १६ जना व्यक्तिहरूले विभिन्न १६ विधामा अवार्ड प्राप्त गर्न सफल भएका छन् ।
वर्ष २०१९ को उत्कृष्ट कला र ग्राफिक डिजाइनरमा विशाल चौधरी, उत्क्रिस्ट युवा महिला उद्यमीमा शान्ति लिम्बु, उत्कृष्ट बहुमुखी गायकमा दिनेश थापा, उत्कृष्ट वर्ष महिलामा एलिना तुलाधर, उत्कृष्ट फोटोग्राफरमा राजन काफ्ले, उत्कृष्ट ब्युटिसियनमा गोपी माया थुलुङ्ग, उत्कृष्ट फेसन डिजाइनरमा राधा ढकाल सापकोटा, उत्क्रिस्ट समाचार लेखकमा लक्ष्मी खतिवडा, उत्कृष्ट सामाजिक कार्यकर्तामा छमकला बुढाथोकी, उत्कृष्ट विवाह फोटोग्राफीमा मोहम्मद शहनवाज, उत्कृष्ट व्यवसायिक अन्तराष्ट्रिय बडी बिल्डरमा महेश्वर महर्जन, उत्कृष्ट बङ्गलादेश फोटोग्राफरमा सलमा अहमद, उत्कृष्ट अन्तराष्ट्रिय सिनेमाग्राफरमा बिष्णु प्रसाद घिमिरे, उत्कृष्ट अन्तर्रा्िष्ट्रय कोरियोग्राफरमा रोजिन शाक्य र उत्कृष्ट बरिष्ठ फोटोपत्रकारमा राजेन्द्र चित्रकारले अवार्ड प्राप्त गरेका हुन् ।












