१ महिनामै १८ वटा चोरीका साधन बरामद

प्रकाशित मिति:

कपिलवस्तु प्रहरीले पछिल्लो एक महिनाको अबधीमा चोरीका १८ वटा सवारी साधन बरामद गरेको छ । बरामद भएकामा १६ थान मोटरसाईल र २ थान स्कुटी रहेका छन । प्रहरीले बिषेश सुचनाका आधारमा मोटरसाईल चोरीमा संलग्न गिरोहका ६ व्यक्तिलाई नियन्त्रणमा लिए सगै चोरीका उक्त परिमाणको मोटरसाईकल बरामद भएको हो । बरामद अधिकांस मोटरसाईकलमा नक्कली नम्बर प्लेट र भारतिय नम्बर प्लेट राखेको भेटिएको छ । प्रहरीले मोटरसाईकल चोरी गर्ने गिरोहका ६ व्यक्तिलाई चोरी मुद्दा चलाई आवश्यक अनुसन्धान अगाडी बढाएको छ । यसै बिच प्रहरीले बरामद गरेको युपी ५५ पि ५२१२ नम्बरको स्पलेष्डर मोटरसाईकल भारतको उत्तर प्रदेशको सिद्धार्थनगर जिल्लाको बढनी थानामा कार्यरत प्रहरी शिव कुमार प्रजापतिको रहेको खुल्न आए पछि प्रहरी उपरिक्षक मनोज कुमार यादवले सो मोटरसाईकल हस्तान्तरण गरेका छन । दुई महिना अघि आफना आफन्तीले तौलिहवा बजार आउदा बजारमा पार्किङ्ग गरेका बेला चोरी भएको मोटरसाईकल बरामद गरि दिएकोमा उनले प्रहरीलाई धन्यबाद थिए ।

पछिल्लो समय आफुहरुले मोटरसाईकल चोरी गर्ने गिरोहलाई नियन्त्रणमा लिई २ थान स्कुटी र १६ थान मोटरसाईकल बरामद गर्न सफल भएको कपिलवस्तुका प्रहरी उपरिक्षक मनोज कुमार यादवले जानकारी दिए । उनले नागरिकले अपराधका घटनाको सुचना प्रहरीलाई दिने कार्यले यस्ता अपराधलाई निरुत्साहित पार्ने प्रष्ट पारे ।